भुटानलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

काठमाडौं । बंगलादेश भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भुटानलाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेशले अन्तिम चारको यात्रा तय गरेको हो ।

बंगलादेश १४ वर्षपछि साफको सेमिफाइनल पुगेको हो । यस अघि बंगलादेशले २००९ मा सेमिफाइनल खेलेको थियो ।

बंगलादेशले एक गोलको अग्रता उल्टाएर भुटानमाथि जित निकालेको हो ।

खेलको १२ औं मिनेटमा टी दोर्जीले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको २१ औं मिनेटमा शेख मोर्सलिनले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ३० औं मिनेटमा जिग्मीले आत्मघाती गोल गर्दा बंगलादेश २-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ३६ औं मिनेटमा राकिब होसेनले गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाए ।

जितसँगै बंगलादेशले ३ खेलमा ६ अंक जोडेको छ ।

समूह ‘बी’ मा रहेको बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब बंगलादेशले सेमिफाइनलमा कुवेतसँग खेल्नेछ ।

भुटान र माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर