विश्वकप छनोट खेलमा आज जिम्बावे र ओमान भिड्दै

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा आज बिहीबारबाट सुपर सिक्सका खेलहरु सुरु हुँदैछ ।

सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली जिम्बावे र ओमानको बीचमा खेल हुँदैछ । बुलाबायोमा रहेको क्विन्स स्पोर्टस् पार्कमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

जिम्बावे नेपाल रहेको समूह ए मा अपराजित रहँदै सुपर सिक्समा पुगेको हो । ओमान भने समूह बी को तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सको पहिलो जित हात पारी ओमान गुमेको लय फिर्ता ल्याउन चाहान्छ । आजको खेलमा पराजित भएमा ओमानको विश्वकपमा छनोटको सम्भावना कठिन बन्नेछ ।

घरेलु टोली भने जितको लयलाई निरन्तरता दिन चाहन्छ । ओमानलाई पराजित गरि जिम्बावे विश्वकप छनोटको सम्भावना बलियो बनाउन चाहन्छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर