सशस्त्र समूहले आक्रमण गरी ९ जनाको हत्या गरे

काठमाडौं । पाकिस्तानको एक घरमा सशस्त्र समूहले आक्रमण गरी ९ जनाको हत्या गरेको छ ।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा ९ जनाको मृत्यु हो । घटनामा दुई जना घाइते भएका छन् ।

मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका ९ व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीले बताए ।

खैबर पख्तुनख्वाबाट जारी स्थानीय सञ्चारमाध्यममा आएको रिपोर्टका अनुसार यो मामिला दुई परिवारबीचको वैवाहिक विवादसँग सम्बन्धित छ। मंगलबार राति विवाद बढ्दै गएपछि केही व्यक्तिको हस्तक्षेपपछि दुवै पक्ष घर फर्किएका थिए ।

राति अबेर एक परिवारका सदस्य राइफल लिएर अर्को परिवारको घरमा पसे । त्यतिबेला त्यहाँ उपस्थित सबै मानिसहरू गहिरो निद्रामा थिए। यसैबीच आक्रमणकारीले गोली चलाउन थाले । उनले दुई कोठामा सुतिरहेका ९ जनाको हत्या गरेका थिए ।

बेतखेलाका एक प्रहरी अधिकृतले घटनाको पुष्टि गरेका छन् । भने, ‘यो मामिला दुई परिवारबीचको विवाद हो ।’ केही रिपोर्टका अनुसार आरोपीलाई उनकी श्रीमतीले उक्साएको थियो । यसपछि उनले हत्या गरे । प्रहरीले अभियुक्तको नाम भने खुलाएको छैन । उनी फरार छन् ।

घटनालगत्तै सुरक्षाअधिकारी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए र पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर