प्रचण्ड सरकारमाथिको विश्वास घट्यो : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकारमाथि संसद्को विश्वास घटेको बताएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथि मतदान हुँदा विभाजनको प्रक्रियाद्वारा बजेटको निर्णय भएपछि संसद्परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले पहिले सरकारमाथि प्रतिनिधिसभाको ९९ प्रतिशत समर्थन रहेकोमा अहिले त्यो घटेर ५३ प्रतिशतमा झरेको बताए ।

‘यो सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले ५३ प्रतिशतमा घट्यो’, ओलीले भने । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि मतदान हुँदा पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर