प्रतिनिधिसभामा बहुमतबाट नयाँ आर्थिक वर्षको बजेट पारित

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकले बहुमतले पारित गरेको छ। सभामुख देवराज घिमिरेले बजेटसम्बन्धी प्रस्ताव निर्र्णयार्थ प्रस्तुत गर्दा बहुमतबाट पारित भएको हो।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका थिए । बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाइएको थियो। कुल उपस्थित सांसद २५५ मध्ये प्रस्तावको पक्षमा १४७, विपक्षमा १०८ मत परेको छ। मत दिन्न भन्ने सांसदको सङ्ख्या शून्य थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरेका थिए। नयाँ बजेटका कार्यक्रम आगामी साउन १ गतेबाट कार्यान्वयनमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर