युक्रेनको सहरमा रुसी क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु

काठमाडौं । पूर्वी युक्रेनको क्रामाटोर्स्क क्षेत्रको मध्य भागमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा एक जना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अरु धेरै घाइते भएका छन् ।

डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७ः३० बजे भएको थियो। । ‘हामी अहिले शहरमा घाइते र मृतकको सङ्ख्या निर्धारण गर्न काम गरिरहेका छौँ । यो शहरको केन्द्र हो । यी सर्वसाधारणको भीड हुने सार्वजनिक रूपमा खाने ठाउँहरू थिए’ उनले भनेका छन् ।

अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ ।

युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राम टिप्पणीमा भनेका छन्, ‘रुसले जानाजानी भीडभाड भएका क्षेत्रहरूलाई लक्षित गरेको छ ।’

सन् २०२२ फेब्रुअरी, २४ मा शुरु भएको रुस युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर