करेन्ट लागेर विष्टको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहका ४४ वर्षीय अमर विष्टको करेन्ट लागेर मृत्यु भएको छ ।

घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएका बिष्टको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको शाहीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर