ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानी हत्या गरेपछि स्थानीयहरुले सडकमा विरोध प्रदर्शन गरे

काठमाडौं । फ्रान्समा एक किशोरलाई प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानी हत्या गरेपछि स्थानीयहरुले सडकमा विरोध प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी प्यारिसको पश्चिमी क्षेत्र नान्तेरेमा एक १७ वर्षिय किशोरले ट्राफिक प्रहरीको निर्देशन नमानेको आरोपमा उनीमाथि गोली हानेका हन् ।

सडक नियम उल्लंघन गरेको आरोप लागेका किशोरलाई प्रहरीले नजिकैबाट गोली हानेको र उनको कार केही मिटर पर पुगेर दूर्घटना भएको दृष्य सामाजिक सञ्जालमा फैलिएको छ । आपत्कालिन सेवाले गोली लागेका किशोरलाई बचाउने प्रयत्न गर्दा गर्दै उनको निधन भएको थियो ।

यी सवै दृष्य सामाजि सञ्जालमा आएपछि सडकमा उत्रिएका स्थानीयहरुले तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारी र प्रहरीबीच थुप्रै झडप भएको छ । प्रहरीले एक दर्जनलाई गिरफ्तार गरेको छ भने त्यहाँका गृहमन्त्री जेराल्ड दर्मानिनले गोली हान्ने प्रहरीहरुलाई सोधपुछ गरिने बताएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर