बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको नेकपा एस संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद अम्मरबहादुर थापाले जानकारी दिए । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट पारितको प्रस्ताव प्रस्तुत हुँदैछ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर