३० दिनभित्र सहकारीलाई विवरण उपलब्ध गराउन महानगरको ज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सहकारी संस्थाहरूलाई विवरण उपलब्ध गराउने आग्रह गरेको छ । महानगरअन्तर्गतको सहकारी विभागले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै महानगरभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र विवरण बुझाउन ज्ञापन गरेको हो।

केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएबमोजिमका विवरणहरू समयमा नै पेस नगरेको विभागको सूचनामा उल्लेख छ । सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिका सहकारीले सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ”, सूचनामा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर