ललितानिवास जग्गा प्रकरण : तीन जना छुटे

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना मंगलबारै छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेका मध्ये तीन जनालाई अदालतले पक्राउ नगर्न आदेश दिएकाले उनीहरूलाई छाडिएको हो।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेका थिए। अदालतले उनीहरुको पक्षमा पहिल्यै पक्राउ नगर्नुरनगराउनु भनी आदेश जारी गरिसकेको खुलेको छ। यो आदेशसँगै अब प्रहरीले उनीहरुका सम्बन्धमा बाहिरै अनुसन्धान गर्नुपर्नेछ। उनीहरुले गत साउन १९ गते नै पक्राउ नगर्न र थुना बाहिर रहेरै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित अदालतमा निवेदन दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर