इटालियन गोलकिपर टोटेनहममा

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले इटालियन गोलकिपर गुग्लिएल्मो भिकारियोलाई अनुबन्ध गरेको छ ।

टोटेनहमले इटालियन सिरी ए क्लब इम्पोलीबाट भिकारियोलाई अनुबन्ध गरेको हो ।

२६ वर्षीय गोलकिपरले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

टोटेनहमले यस समरमा दोस्रो खेलाडीको रुपमा गोलकिपर भिकारियोलाई अनुबन्ध गरेको हो ।

कप्तान र वर्तमान नम्बर एक गोलकिपर ह्युगो लोरिसको सम्झौता सकिन लाग्दा टोटेनहमले इटालियन गोलकिपरलाई अनुबन्ध गरेको हो ।

भिकारियोले गत सिजन इम्पोलीका लागि ३१ खेल खेलेका थिए । उनले ३९ गोल खाएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर