आन्द्रे पिर्लो मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । इटालियन क्लब साम्पडोरियाले आन्द्रे पिर्लोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

इटालीको दोस्रो डिभिजन क्लबले पिर्लोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

पिर्लोले साम्पडोरियासँग दुई वर्षको सम्झौता गरेका छन् ।

साम्पडोरिया यसै सिजन सिरी ुएु बाट रेलिगेसनमा परेको थियो ।

४४ वर्षीय प्रशिक्षक टर्किस क्लब फातिह कारागुम्रुक एसके छाडेर इटाली फर्किएका हुन् ।

युभेन्ट्सबाट बर्खास्तमा परेपछि पिर्लो टर्किस क्लब गएका थिए ।

पिर्लोको नेतृत्वमा युभेन्ट्सले कोपा इटालिया जितेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर