प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा जवाफ दिने तयारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ः०० बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछ । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुट्याइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले मंगलबार जवाफ दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर