सर्वोच्च अदालतले माग्यो बालेन साहसँग लिखित जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश तिलप्रसाल श्रेष्ठको एकल इजलासले मङ्गलबार महानगर प्रमुख साहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।

प्रमुख साहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् । प्रमुख साहले सामाजिक सञ्जालमा उच्च अदालत पाटनले हिन्दी चलचित्र सिनेमा घरहरूमा चल्न दिने आदेश दिएपछि उक्त आदेश नमान्ने प्रतिक्रिया दिएका थिए । हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनमाथि प्रमुख साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

आफ्नो निर्णय उच्च अदालत पाटनले रोक लगाएपछि प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर