बागमती प्रदेशसभाको बैठकमा एमाले र राप्रपाको अवरोध

काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यले अवरोध गरेका छन् ।

प्रदेश सभाको मङ्गलबारको दोस्रो बैठकमा एमाले र राप्रपाका प्रदेशसभा सदस्यले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटप्रति असन्तुष्टि जनाउँदै अवरोध गरेका हुन् । बैठक सुरु भए लगत्तै विपक्षी दलका प्रदेशसभा सदस्यहरु उठेर आपत्ति जनाएका थिए ।

प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले आगामी आबको बजेटमाथि सामान्य छलफल गरियोस् प्रस्ताव राखेपछि एमाले र राप्रपाका प्रदेशसभा सदस्यले पुनः उठेर विरोध गरेका थिए।

विरोधपछि सभामुख भुवनकुमार प्रमुख विपक्षी दल एमालेका संसदीय नेताका जगन्नाथ थपलियालाई बोल्न समय दिएपछि नेता थपलियाले बजेटको विरोध गर्दै बजेट नसच्याएसम्म छलफल अगाडि बढ्न नसक्ने बताए । प्रतिपक्षी दलको विरोधपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर