पाकिस्तानमा एक लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारी बर्खास्त

काठमाडौं । पाकिस्तानी सेनाले एक लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारीलाई बर्खास्त गरेको छ।  इमरान खान पक्राउ प्रकरणमा सुरक्षा दिन नसकेको भन्दै थप तीन मेजर र सात ब्रिगेडियरसहित १५ अधिकृतलाई अनुशासनात्मक कारबाहीसमेत गरेको छ।

पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि मे ९ मा भएको हिंसात्मक प्रदर्शनका क्रममा सैनिक प्रतिष्ठानहरूको सुरक्षाको जिम्मा ती अधिकारीहरूले लिएको थिए।  तर तीनले सैन्य भवनको सुरक्षा दिन नसके पछि सेनाले गरेको अनुसन्धानपछि उनीहरु माथी कारबाही गरिएको हो।

इमरान खानको पार्टीका कार्यकर्ताहरूले मे ९ मा लाहोर कोर्प्स कमाण्डर हाउस, मियाँवाली एयरबेस र फैसलाबादको आईएसआई भवनसहित २० भन्दा बढी सैन्य प्रतिष्ठान र सरकारी भवनहरूमा तोडफोड गरेका थिए।

रावलपिंडीस्थित आर्मी हेडक्वार्टर (जीएचक्यू) मा पनि अनियन्त्रित र अराजक भीडले आक्रमण गरेको थियो। जसकाकारण, त्यहाँ रहेका भवन तथा भौतिक पुर्वाधारको संरचनामा क्षति हुन पुगेको थियो। सैन्य प्रवक्ता मेजर जनरल अरशद शरीफले भने कि सेनाले सो हिंसाका बारेमा दुई दुई पटक अनुसन्धान गरे पछि सो कारबाही गरिएको जानकारी दिएका छन्। –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर