चिनियाँ अर्बपति ज्याक मा काठमाडौं भ्रमणमा

काठमाडौं । चीनका अर्बपति तथा अलिबा बाबा आन्ट फाउन्डेशनका संस्थापक ज्याक मा काठमाडौं आएका छन् । उनी मंगलबार बंगलादेश हुँदै निजी विमानबाट काठमाडौं आएका हुन् ।

१५ दिनको अनअरायबल भिसा लिएर सात जनाको टोलीसहित ज्याक मा काठमाडौं आएको अध्यागमन विभागका प्रवक्ता खिमराज भुसालले जानकारी दिए ।

ज्याक मा चर्चित इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक हुन्। केही समयअघि उनको सम्पति त्यहाँको सरकारले राष्ट्रियकरण गरेको थियो। अलिबाबाले नेपालमा रहेको दराज अनलाइन कम्पनीमा लगानी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर