सुनचाँदीको मूल्य बढ्याे

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।  सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँ नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर