आजको फलफूल तथा तरकारी मूल्य

काठमाडाैं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सबैभन्दा बन्दा सस्तो छ भने एभोकाडो सबैभन्दा महँगो छ । आज बन्दा प्रतिकेजी ७ रुपैयाँ ६० पैसा र एभोकाडो प्रतिकेजी ६५० रुपैयाँ रहेको छ ।

यस्तै, नेपाली गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेडा १२ रुपैयाँ ४० पैसा, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु, रातो मूला र लाम्चो भन्टा ३५ रुपैयाँ कायम छ ।

मुडेको रातो आलु ३८ रुपैयाँ ६० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ४४ रुपैयाँ ८० पैसा, लोकल गाजर, तने बोडी, सेलरी र हरियो लसुन ११० रुपैयाँमा किनबेच भइरहेको छ ।

स्थानीय काउली, गान्टे मूला, चुकुन्दर, सलमग र लोकल सिमी ७५ रुपैयाँ, मकै बोडी, तराई परवर र दसहरी आँप प्रतिकेजी ८५ रुपैयाँ, राजमा, घिउ सिमी, भटमास कोशा र तरबुजा ९५ रुपैयाँ, तिते करेला ६६ रुपैयाँ, घिरौला ६२ रुपैयाँ, झिगूनी र स्कूस ५५ रुपैयाँमा बिक्री भइरहेको छ । 

यसैगरी, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, कन्ये च्याउ १४४ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरिलो २२५ रुपैयाँ, न्यूरो र ब्रोकाउली ८५ रुपैयाँमा कारोबार भइरहेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर