रुसमा रक्तपात मच्चाउन खोज्ने समुहका नाइकेलाई न्यायको कठघरामा उभ्याउने

काठमाडाैं ।रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसमा रक्तपात मच्चाउन खोज्ने समुहका नाइकेलाई न्यायको कठघरामा उभ्याउने बताए ।

सोमबार छोटो सम्बोधन गर्दै पुटिनले निजी सैन्य समुह वाग्नरका प्रमुख यभ्गेनी प्रिगोझिनतर्फ लक्षित गर्दै कानुनी कारबाहीको संकेत गरेकाे हो ।

रुसको तर्फबाट युक्रेनमा लडिरहेका वाग्नर समुहका लडाकुहरुलाई भने पुटिनले देशभक्त सैनिकको संज्ञा दिए । व्रिदोहको लागि मस्कोतर्फ अघि बढेका हजारौं वाग्नर लडाकुलाई रुसी सेनामा समायोजन हुने, बेलारुस जाने वा घर फर्किने विकल्प खुला रहेको पुटिनको भनाइ छ ।

तर, रुसी सत्ता हत्याउन हतियार उठाएका समुहका नाइकेलाई भने त्यसै छाड्न नसककिने पुटिनको आक्रोश छ । साथै पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोप्रति आभार प्रकट गर्दै रुसमा हुन लागेको रक्तपातलाई रोकेको भन्दै धन्यबाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर