नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई हरायो

काठमाडौं । अलराउन्डर लोगन भान बीक हिरो बनेपछि नेदरल्यान्ड्सले आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजमाथि जित निकालेको छ ।

नेदरल्यान्ड्सले सुपर ओभरमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजलाई पराजित गरेको छ ।

सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिँएको थियो । लोगन भान बीकलाई पहिलो बलमै वेस्ट इन्डिजका जोनसन चाल्र्सले छक्का प्रहार गरे । दोस्रो बलमा भान बीकले एक रन दिए । तेस्रो बलमा पनि एक रन दिएपछि वेस्ट इन्डिजको जितको सम्भावना लगभग सकिएको थियो ।

चौथो बलमा चालर्स क्याच आउट भएका थिए । पाँचौं बलमा शेफर्ड क्याच आउट भएपछि नेदरल्यान्ड्स सुपर ओभरमा विजयी भएको थियो ।

त्यसअघि सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३० रन बनाएको थियो । लोगन भान बिकले जेसन होल्डरलाई ६ बलमा तीन छक्का र तीन चौकासहित कुल ३० रन जोडेका थिए । सुपर ओभरको पहिलो बलमा भान बीकले जेसन होल्डरलाई चौका प्रहार गरे । दोस्रो बलमा भान बीकले होल्डरलाई छक्का हाने ।

तेस्रो बलमा उनले चौका प्रहार गरे । चौथो बलमा उनले छक्का प्रहार गरे । सुरुवाती चार बलमै २० रन जोडेको थियो । पाँचौं बलमा छक्का हानेपछि जित पक्का जस्तै गराएको थियो । अन्तिम बलमा चौका हानेपछि ३० रन बनाएको थियो ।

नियमित खेलमा वेस्ट इन्डिजले दिएको ३ सय ७५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनायो ।

जितको लागि अन्तिम बलमा एक रन चाहिँदा लोगन भान बिक क्याच आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । नेदरल्यान्ड्सको जितमा तेजा निडामानुरुले ७६ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ११ रनको शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको दोस्रो शतक हो ।

अन्तिम ६ बलमा नेदरल्यान्ड्सलाई जितको लागि ९ रन चाहिँएको थियो । पहिलो बल नै भान बीकले अल्जारी जोशेफलाई चौका प्रहार गरे । दोस्रो बलमा एक रन लिदा तेस्रो बलमा आर्यान दत्त १६ रनमा आउट भए ।

अन्तिम बलमा जितको लागि एक रन चाहिँदा भान बीक जेसन होल्डरबाट क्याच आउट भएपछि खेल टाई हुँदै सुपर ओभरमा पुगेको थियो । बीकले १४ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए ।

कप्तान स्कट एडवार्ड्सले ४७ बलमा ६ चौका र १ छक्कासहित ६७ रन बनाए । पाँचौं विकेटका लागि स्कट एडवार्ड्स र तेजाले ९० बलमा १ सय ४३ रनको सानदार साझेदारी गरेपछि जितको सम्भावना देखाएका थिए ।

वेस्टइन्डिजका रोश्टन चेशले ३ तथा अकिल हुसैनले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो ।

वेस्टइन्डिजका निकोलस पुरनले ६५ बलमा ९ चौका र ६ छक्कासहित १ सय ४ रनको आक्रामक शतकीय इनिङ खेलेका थिए । पुरनले ओडिआई करिअरको तेस्रो शतक ६३ बलमै पूरा गरेका थिए ।

ब्रेन्डन किंगले ८१ बलमा १३ चौकासहित ७६ रनको योगदान दिए । पहिलो विकेटका लागि जोनसन चाल्स र किंगले १ सय ४ बलमा १ सय १ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

जोनसन ५५ बलमा ९ चौका र १ छक्कासहित ५४ तथा शमाह्र ब्रक्स २५ रनमा आउट भए ।

नेदरल्यान्ड्सका बास डि लिडे र सकिब जुलफिकरले समान २/२ तथा लोगन भान बिंक र भिभियन किंग्माले समान १/१ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर