कक्षा ११ मा भर्ना हुँदा विद्यार्थीबाट लिने शुल्कबारे जानकारी माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कक्षा ११ मा भर्ना हुँदा विद्यार्थीबाट लिने शुल्कबारे जानकारी मागेको छ। महागनरले सोमबार विज्ञप्ति निकाल्दै असार मसान्तभित्र सबै निजी शैक्षिक संस्थालाई असारभित्र शुल्क प्रस्ताव महानगरको शिक्षा विभागमा बुझाउन निर्देशन दिएको छ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले निकालेको विज्ञप्तिमा भभनिएको छ, ‘काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो? विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव मिति असार मसान्तभित्र शिक्षा विभागमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौँ।’
प्रतिक्रिया