चेल्सीले जमैकाका युवा स्ट्राइकर डुजन रिचर्ड्सलाई अनुबन्ध गर्याे

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले जमैकाका युवा स्ट्राइकर डुजन रिचर्ड्सलाई अनुबन्ध गरेको छ ।

चेल्सीले जमैकाको फोनेस्क अल स्टार्स एकेडेमीबाट स्ट्राइकर रिचर्ड्सलाई अनुबन्ध गरेको हो ।

१७ वर्षीय स्ट्राइकर आगामी अक्टोबरमा चेल्सीमा औपचारिक रुपमा अनुबन्धित हुनेछन्  । अक्टोबरमा उनी १८ वर्ष पुग्नेछन् ।

रिचर्ड्सले गत मार्चमा जमैकाको सिनियर टोलीमा डेब्यु गरेका थिए ।

त्रिनिडाड एण्ड टोबाकोविरुद्ध खेल्दै उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

रिचर्ड्स कोन्काकाफ गोल्डकप खेल्ने जमैकाको टोलीमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर