डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा रहँदा ढकालले एक करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ गैरकानुनी रूपमा कमाएको देखिएकोले सोहीबमोजिमको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ढकालले सार्वजनिक सेवामा प्रवेश गरेको २०७४ साउन ३२ देखि सम्पत्ति विवरण पेश गरेको २०७९ जेठ ३० सम्मको अवधिको आम्दानी खर्च जाँच गर्दा आयतर्फ ६ करोड ३९ लाख ९३ हजार ३ सय १२ रूपैयाँ ४१ पैसा देखिएको र खर्च ७ करोड ८४ लाख ५ हजार ९४ रूपैयाँ १२ पैसा देखिएकोले एक करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँको वैधानिक स्रोत नदेखिएको अख्तियारको ठहर छ ।

उक्त स्रोत नखुलेको बिगो ढकालको नाममा हाल कायम रहेको घररजग्गाबाट जफत गराउन मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो । नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट मन्त्री जितेन्द्र देवले उनलाई २०७४ सालमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर