जर्मन मिडफिल्डर इल्के गुन्डोगान स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित

काठमाडौं । जर्मन मिडफिल्डर इल्के गुन्डोगान स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् ।

बार्सिलोनाले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट गुन्डोगानलाई अनुबन्ध गरेको हो ।

बार्सिलोनाले सिटीका कप्तानलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

गुन्डोगानले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन् ।

प्रिमियर लिग विजेता सिटीसँग गुन्डोगानको सम्झौता यसै महिनाको अन्त्यबाट सकिएको थियो ।

३२ वर्षीय गुन्डोगानलाई सिटीले नयाँ सम्झौताको प्रस्ताव गरेको थियो । तर, स्पेनिस च्याम्पियनले गरेको दुई वर्षको आकर्षक सम्झौतालाई उनले स्विकार गरेका हुन् ।

सिटीका प्रशिक्षक पेप गार्डिओला उनलाई क्लबमै राख्न इच्छुक देखिएका थिए । सिटीले यस सिजन ‘ट्रेबल’ उपाधि जित्दा गुन्डोगान टिमको महत्वपूर्ण खेलाडी थिए ।

गुन्डोगानले २०२२-२३ को सिजन ५१ खेल खेलेर ११ गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर