संयुक्त सरकार बनाउनुपर्ने भट्टराईको नवीनतम प्रस्ताव

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनुपर्ने बताएका छन् । मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिए ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएका अध्यक्ष भट्टराईले प्रचण्ड सरकारमाथि अविश्वास जनाउँदै प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
“गत आम चुनावयताको नेपाली राजनीतिको दिशा र गति झन्झन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन” उनले सामाजिक सञ्जालमा भने, “विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकाङ्क्षा, भू–राजनीतिको निरन्तर दृश्य–अदृश्य दबाब, राज्यका स्थायी अङ्गहरूको क्षयीकरण र भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् ।”

“यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नु सट्टा यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भू–राजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको संशोधन गर्दा ठीक होला कि ? नत्र समयले कसैलाई नपर्खन सक्छ”, भट्टराईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर