संघीय संसद् भवनमा पानी चुहियो, संरक्षण गर्न माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले संसद् भवनमा पानी चुहिने गरेको विषयमा सभामुखको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद कोइरालाले भनिन्, “हामी यो बिल्डिङको भित्र छिर्छौँ। यसको देब्रेपट्टिको लबीमा अहिले दैनिकजसो पानी पर्न थालेपछि रित्ता बाल्टिनहरु पानी थाप्नका लागि राखिएको मैले देखेको छु । देब्रेपट्टिको लबीमा पानी चुहिएर बिल्डिङ भत्किने अवस्थामा पुगेको जस्तो आफूले ठानेको र यसको संरक्षणपट्टि सम्बन्धित सबैको ध्यान जाओस् भनेर म सबैको ध्यान जाओस् भनेर आग्रह गर्छु । ”
उनले सो भवनबाटै २०७२ सालमा समावेशी संविधान घोषणा गरिएको भन्दै त्यसको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताइन्। उनले भनिन्, “यो बिल्डिङ हामी सबैको सम्पत्ति हो। नेपाली जनताको सम्पत्ति हो। त्यसैले हामीले यस बिल्डिङको संरक्षण गर्नुपर्छ।” यसअघि पनि संसद् भवनमा शौचालय, पानी, एसी तथा सिट कभरजस्ता विषयको व्यवस्थापनका विषय उठ्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर