सोमबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ४ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ तोकिएको छ । आइतबार एक लाख १० हजार २ सय रुपैयाँमा छापावाल, एक लाख ९ हजार ६५० रुपैयाँमा तेजावी र १३ सय ५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर