सूर्यविनायक नगरपालिकाकाे बजेट २ अर्व १० करोड ५० लाख

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल बजेट २ अर्व १० करोड ५० लाखको बजेट ल्याएको छ ।  उपप्रमुख सरिता तिमसिना भट्टाराईले पेश गरेको बजेट नगर सभाको चौधौ अधिवेशनबाट पारित भएको हो ।

बजेटले शिक्षामा नयाँ शुरुवात गरेको छ । नगरपालिकामा संचालित सामुदायिक विद्यालयहरु मध्ये कम्तिमा २ वटा विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पेश गर्दै नगर उप प्रमुख सरिता तिम्सिना भट्टराईले कम्तिमा २ वटा विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा विकास गर्न रु.१ करोड बजेट बिनियोजन गरिएको जानकारी गराइन । यसका लागि आवश्यक कार्यविधि निर्माण गरी बजेट उपयोग गरिने बताइएको छ ।

नगरपालिकाले आगामी आ.व.भित्र नगर क्षेत्रमा शैक्षिक संग्राहलय स्थापनाका लागि समेत बजेट विनियोजन गरेको छ । त्यसैगरी अनुशासित नागरिक निर्माण गर्नका लागि स्काउटिङ्ग शिक्षा, राष्ट्रिय सेवा दल लगायतका विषयमा बजेट विनियोजन गरेको उप प्रमुख भट्टराईले भनेकी छन् ।

ठूला खेलकूद पूर्वाधार निर्माण गर्न नगरपालिका अन्तर्गत वडा नं. ९ स्थित नंखेलमा रंगशाला र वडा नं ७ गुन्डुमा नगर स्तरीय खेल मैदान निर्माणको लागि रु.४ करोड बजेट विनियोजन गरिएको छ ।

शिक्षा तथा खेलकूद क्षेत्रको लागि नगरपालिकाको आन्तरिक स्रोतबाट कूल रु.७ करोड ११ लाख र संघ सशर्त तर्फ रु. २२ करोड ८१ लाख, प्रदेश सर्शत रु. ५ लाख ६८ हजार गरी कूल रु. २९ करोड ९७ लाख ६८ हजार विनियोजन गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर