‘ब्रेन फुड’ जानी राखाैं ओखर खाँदा स्वास्थ्यलाई पुग्ने फाइदा

काठमाडौं । ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ राख्न सघाउँछ । साथै यसले रक्त प्रवाहलाई नियमित गराउनसमेत सहयोग गर्छ । यसमा अधिक मात्रामा पोषक तत्व पाइन्छ । त्यसो त ओखरको तेल छाला र केसलाई मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ ।

के पाइन्छ ओखरमा ?

ओखरमा सोडियम कम र कोलेस्ट्रोल पनि हुँदैन । यसमा भरपूर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बि–६, बि–१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सिएम, मिनरल्स, म्यानेसिएम, आइरन, फस्फोरस, जिंक, कपर प्रचूर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।

– प्रोटिन–यसले मांशपेशी बढाउन सहयोग गर्छ । एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ ।

– भिटामिन डि– यसले क्याल्सिएम ग्रहण गर्न सहयोग गर्छ । हड्डीका लागि क्याल्सिएम एकदमै जरुरी हुन्छ ।

– फोलेट वा फोलिक एसिड–यसले मस्तिष्कलाई स्वस्थ राख्छ ।

– ओमेगा ३ फ्याटी एसिड–मुटुलाई स्वस्थ राख्नका लागि सहयोगी हुन्छ ।

मस्तिष्कको लागि

प्रकृतिमा केही यस्ता चिज हुन्छन्, जसको आकार, रंग र सुगन्धमा त्यसमा रहेको गुण लुकेको हुन्छ । जस्तो कि ओखरको गुदीको आकार हाम्रो मस्तिष्क जस्तै हुन्छ । र, यसको सेवनले मस्तिष्कलाई स्वस्थ राख्छ । खासगरी विद्यार्थी वर्गले मस्तिष्क तेज, चुस्त राख्न, स्मरण शक्ति बढाउन नियमित रुपमा ओखर सेवन गर्न सक्छन् ।

ओखरमा केही शक्तिशाली न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ, जस्तो कि, भिटामिन इ, ओमेगा थ्रि फ्याटी एसिड, फोलेट, एन्टिअक्सिडेन्ट । यसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ।

मुटुलाई स्वस्थ राख्छ

बिहान र मध्याह्न दुई वटा ओखर चपाएर खानुपर्छ, जसले कोलेस्ट्रोल नियन्त्रण गर्छ । हृदय रोग लाग्नबाट बचाउँछ ।

ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन, फलतः ओभर इटिङबाट बचाउँछ । तौल नियन्त्रणका लागि पनि ओखर सही हुन्छ ।

नियमित रूपले दुई वटा ओखर महसँग मिसाएर सेवन गर्नाले मस्तिष्क स्वस्थ हुन्छ । साथै स्मरण क्षमता पनि बढ्छ । हृदयाघातको भयबाट बचाउँछ । दुई वटा ओखर, एउटा बदाम बिहान–बेलुकी मन तातो दूधसँग सेवन गर्दा कमजोरी हट्छ । महिनावारीको समस्यामा ओखर र मह मिसाएर मन तातो दूधसँग पिउनुपर्छ, ठीक हुन्छ । रुघा, खोकीको उपचारमा समेत ओखर उपयोगी हुन्छ । ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठीक हुन्छ ।

ओखरको बोक्रा पिसेर त्यसले दाँत सफा गर्नुपर्छ, दाँत स्वस्थ र चम्किलो हुन्छ । तातो दूधसँग ओखर सेवन गर्दा पेटको जुका मर्छ । मन तातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई समेत ठीक हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर