साउदी अरेबियामा अहिलेसम्मकै विशाल हज यात्रा शुरु

काठमाडौं । साउदी अरेबियामा अहिलेसम्मकै विशाल हज यात्रा शुरु भएको छ ।

हज यात्राका लागि विश्वभरका २५ लाख मुश्लिम धर्माबलम्बीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

साउदीको पबित्र स्थल मक्कामा भेला भएका हज यात्रीहरुको भीड थामिनसक्नु भएको छ । आइतबार देखि शुरु भएको हज यात्रामा गत वर्षको तुलनामा तीर्थयात्रीहरुको संख्या लाखौ बढेको र यसले हज यात्राको इतिहासनमा नयाँ रेकर्ड तोड्ने अनुमान गरिएको छ ।

सन् २०२० देखि २ बर्षसम्म कोभिडका कारण प्रतिबन्ध लगाईएको हज यात्रा यो वर्ष खुकुलो पारेपछी लाखौंको सहभागिता रहेको हो । बिगतका बर्षहरुमा १० हजार हजयात्रीहरुलाई मात्र अनुमति दिईएकोमा यो बर्ष भने हजयात्रामा जान चाहने सबैले भाग लिन पाउने अनुमति दिएपछी भीड बढेको हो ।

यद्दपी सउदीको हालको तापक्रम ४५ डिग्री पुगेकाले हजयात्रीहरुलाई गर्मीेले केही असहज हुने निश्चित छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर