केन्यामा विद्रोही समूहको आक्रमणबाट पाँच सर्वसाधारणको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा बिद्रोही समुहको आक्रमणमा परी ५ जना सर्वसाधारणको मृत्यु भएको छ ।

केन्याको दक्षिणपुर्वी सोमालियासँग सीमा जोड्ने लामु काउन्टी गाउँमा प्रवेश गरेका सशस्त्र बन्दुकधारी समुहले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको हो ।

सो समहुले गाउँका अधिकांश घरहरुमा आगजनी गर्नुका गरेको छ । आगजनीमा २ जनाको जलेर मृत्यु भएको छ भने ६० बर्षिय बृद्धसहित ३ जनाको घाँटी रेटेर हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

गाउँ प्रवेश गरेका उनीहरुले महिलाहरुलाई घरभित्रै बस्न निर्देशन दिँदै पुरुषहरुलाई डोरीले बाँधेर हत्या गरेको हो । मारिनेमा एक विद्यार्थी पनि रहेका छन् । केन्याको प्रहरीले हत्यालाई आतंकबादी हमलाको संज्ञा दिँदै सो समुहको ब्यापक खोजी गरिरहेको छ ।

सो समुहले पछिल्लो समय सोमालियाका बिद्रोही समुह अल सबाबले गर्ने जस्तै केन्यामा आतंकबादी हमला गर्न थालेको बुझिएको छ । गत जुन १४ मा अल सबाबले गरेको संदिग्ध हमलामा ७ केन्याली प्रहरीको मृत्यु भएको थियो ।का मिडफिल्डर रुबेन नेभेस अनुबन्ध गरिसकेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर