चेल्सीका डिफेन्डर कोउलिबेली साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित

काठमाडौं । चेल्सीका डिफेन्डर कालिदोउ कोउलिबेली साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् ।

हिलालले सेनेगलका डिफेन्डरलाई अनुबन्ध गरिएको जनाएको छ ।

हिलालले सम्झौता रकम भने खुलाएको छैन ।

३२ वर्षीय सेन्टर ब्याक गत वर्षको जुलाईमा चेल्सी आएका थिए ।

चेल्सीका लागि उनले ३२ खेल खेलेका थिए ।

हिलालले उल्भ्सका मिडफिल्डर रुबेन नेभेस अनुबन्ध गरिसकेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर