जसपाको विधान अधिवेशनमा समूहगत छलफल गरिँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि आज (सोमबार) १० समूहमा विभाजन गरेर छलफल हुँदैछ । अध्यक्ष यादवले आइतबार मस्यौदा विधान प्रस्ताव गरेको र प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल गर्न लागेको हो ।

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठनलगायत देशभरी तथा प्रवासबाट समेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेको छ ।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । विधानले ७० बर्से उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउनेजस्ता नयाँ व्यवस्था प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर