भक्तपुर नगरपालिकाको २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको बजेट

भक्तपुर । भक्तपुर नगरपालिकाले २०८०/८१ को लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आयव्ययले बजेट प्रस्तुत गरेकी हुन्।बजेटको चालू खर्चतर्फ १ अर्ब ३७ करोड ९४ लाख ९४ हजार रुपैयाँ र  पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख  विनियोजन गरेको छ।

बजेट वक्तव्यमा ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरूलाई अनुदान दिन २ करोड बजेटको छुट्याइएको छ भने शैक्षिक ऋणको लागि २ करोड रुपैयाँ छुट्याइएको छ। विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुले पाउँदै आएको तलबमा नगरपालिकाले प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने व्यवस्था गरेको छ।

ख्वप अस्पतालमा सीटी स्क्यान खरिदको गर्न ८ करोड रुपैयाँ, भौतिक पूर्वाधार निर्माणको २ करोड रुपैयाँ, सञ्चालन खर्चका ३ करोड रुपैयाँ र वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका गर्न ३० लाख र भनपा वा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरेको छ।

सम्पदा र संस्कृतिक संरक्षणतर्फ वडा-३ को ऐतिहासिक थन्थु दरबार पुन:निर्माणका लागि २ करोड र इन्द्रायणी द्यो छेँ पुनः निर्माणको लागि २० लाख रुपैयाँ थप गरिएको छ। त्यस्तै वडा-४ मा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणका लागि ८५ लाख, इखालाछी मठ पुनःनिर्माणका लागि ५० लाख र हाडा छेँ पुनःनिर्माणको लागि ३० लाख रुपैयाँ थप विनियोजन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर