पशुपतिनाथको जलहरीमा प्रयोग भएको सुन जोख्ने तयारी

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ । टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू छन् । उनीहरूले आज (आइतवार) ४ बजे जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्नेछन् ।

सुन जाँचका लागि नेपाली सेनाको टोली पनि पशुपति पुगेको छ । अहिले सेनाले प्राविधिक तयारी गरिरहेको छ । अहिले पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ । जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर