धुर्मुस-सुन्तली रङ्गशालाको स्वामित्व सरकारले ग्रहण गर्ने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा मन्त्री लिम्बुले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताएका हुन् । उनले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट व्यवस्थापन गर्ने पनि जानकारी दिए ।

उनले भने, ‘धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण प्रक्रिया अगाडि बढाएको यो रङ्गशालाको निर्माण कार्य अधुरो छ। यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ। यसको निमित्त शीर्षक हामीले एक लाख मात्रै विनियोजन गरेका छौँ। सरकारले यो स्वामित्व ग्रहण गर्ने त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रङ्गशालालाई सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको कुरा म अनुरोध गर्न चाहन्छु।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर