३१६ जना सुरक्षाकर्मी फिर्ता भइसकेको जानकारी

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता भइसकेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत गृह मन्त्रालय शीर्षकको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्रीले हालसम्म बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता गरिसकिएको जानकारी दिए ।
मन्त्री श्रेष्ठले विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि २०७७ विपरीत बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका नेपाल प्रहरीका १९० जना र सशस्त्र प्रहरीका १२६ जनासहित ३१६ सुरक्षाकर्मी फिर्ता भइसकेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर