नेपालमा उपराष्ट्रपतिको पद आवश्यक छैन : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन्। प्रतिनिधिसभा आइतबार बसेको बैठकमा सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको र हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाए। उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रियसभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए।

“उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात् आजसम्म ५ हजार ११५ दिन भएको रहेछ। ४ वटा कार्यकाल, तीनवटा अनुहार। त्यो हेर्दै गर्दाखेरी सम्झिन लायकको कुराहरू के छ त ? ५ हजार ११५ दिनले यो पदले सम्झिन लायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ ? यसले के दियो हामीलाई ? त्यसैले गर्दा त्यो सम्झिन सक्दैनौँ भने यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ”, उनले भने, “त्यसैले गर्दा पनि हामीले सोच्नुपर्छ। हामी यो पदको परिकल्पना गर्दैनौँ। हामी यो पद आवश्यक छैन भन्छौँ। र राष्ट्रियसभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ।’ उनले कर र खर्च कटौती गर्नका लागि अनावश्यक पद राखिरहनु नहुने विचार पनि व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर