भारतसँग पराजित नेपाल बाहिरियो

काठमाडौं । साविक उपविजेता नेपाल भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले एक एक गोल गरे ।

पहिलो हाफमा भारतविरुद्ध उत्कृष्ट खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खाएको थियो ।

खेलको ६१ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७० औं मिनेटमा महेशले गोल गर्दै भारतलाई २-० को जित दिलाए ।

यस जितसँगै समूह ‘ए’ बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ ।

भारतले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जित निकालेको भारत दोस्रो स्थानमा रहेको छ ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई ४-० ले हराएको थियो ।

नेपाल भने एक खेल अगाबै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो ।

भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४-० ले हराएको थियो ।

कुवेत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्नेछ ।

नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

पाकिस्तान पनि अंक विहीन रहदै पुछारमा रहेको छ ।

पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर