इपिएस कोरिया शाखामा धर्ना तथा जुलुस

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित इपिएस कोरिया शाखामा सयौँ युवाले आइतबार धर्ना तथा नारा जुलुस गरेका छन्। रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने मागसहित उनीहरुले धर्ना, जुलुस गरेका हुन् । नारा जुलुस गर्नेहरु इपिएस कोरिया भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाहरु छन्।

पुनः भाषा परीक्षा दिएर सूचीमा रहेकाहरु दक्षिण कोरियाका रोजगारदाताले एक पटक कोरिया पुगेर आएका भन्दा पनि नयाँ कामदार लैजाने गरेपछि यसअघि नै कोरियामा काम गरेर फर्किएकाहरु रोजाइमा नपरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर