वाग्नर ग्रुपमाथि कारवाही गर्न पुटिनको आदेश, प्रिगोजिनको अगाडि बढ्ने संकल्प

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर ग्रुपको विद्रोहपछि घटनाको एक पछि अर्को पनि जानकारी लिएको क्रेमलिन प्रवक्ताले बताएका छन्। जानकारी लिएसँगै उनले टेलिभिजनमार्फत् सम्बोधनसमेत गरेका छन्।

पुटिनको सम्बोधनमा वागनर समूहले देशद्रोह गरेको र कारबाही गर्ने चेतावनीसमेत दिए । उनले यो विद्रोह देशको सेनाको पिठ्यूँमा छुरा हानेको बताए । त्यस्तै रुसी सेनालाई उक्त समूहविरुद्ध युद्ध सुरु गर्न निर्देशन दिइसकेको उनले बताए। त्यससँगै सेन्ट पिटर्सबर्गमा रहेको वागनरको कार्यालयमा रुसी सेना र प्रहरीले छापा मारेको बीबीसीले जनाएको छ।

यसैबीच रुसको निजी सैन्य कम्पनी वागनर समूहले दक्षिणी सहर रोस्तोव–अन–डनको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको छ। वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रुसकै शहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेको बीबीसीले जनाएको छ। वागनर समूह रूसकै निजी सैन्य संस्था हो। रुसका लागि हजारौंको संख्यामा युक्रेनसँग लडिरहेको वागनर समूह अहिले रुसकै विरूद्धमा उत्रिएको छ। प्रमुख प्रिगोजिनले रोस्तोव शहरका सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमार्फत् दाबी गरेका छन्। प्रिगोजिनले रुसी सैन्य प्रमुखको आलोचना गर्दै आएका छन् ।
जसले हाम्रा केटाहरू, र दसौं हजार रूसी सैनिक (युक्रेन युद्धमा) मारे, उनीहरूलाई सजाय दिइनेछ,’ टेलिग्राममा हालिएको अडिओ मेसेजमा भनिएको छ, ‘म यसको प्रतिकार नगर्न चेतावनी दिन चाहन्छु। जसले हामीलाई रोक्न खोज्छ उसलाई हामी खतराको रूपमा लिएर ध्वस्त पार्नेछौं।’ उनले थपे, ‘यो कुनै सैन्य कू होइन। तर यो न्यायको लागि यात्रा हो।’

को हुन् येवगेनी प्रिगोजिन ?

उनी पुटिन जन्मिएको शहर सेन्ट पिटर्सबर्गका हुन्। चोरी मुद्दामा केही समय जेल समेत बसेका उनले सेन्ट पिटर्सबर्गमा ‘हट डग’ बेच्ने काम गर्थे। केही वर्षमै व्यापार राम्रो हुन थालेपछि उनले महंगा रेष्टुरेन्ट समेत खोलेका थिए। पछि उनको केटरिङ कम्पनीले राष्ट्रपति भवनमा खाना सप्लाई गर्न थालेको थियो। जसकारण प्रिगोजिनलाई पुटिनको सेफको नाम दिइएको बिबिसीले जनाएको छ।

वर्षौंसम्म यो समूह अस्तित्वमा रहेको रूस सरकारले स्वीकारेको थिएन। तर सन् २०२२ जुलाइ २७ मा पूर्वी युक्रेनमा रूसका लागि लडिरहेको क्रेमलिनले स्वीकार गरेको थियो। वागनर समूह पहिलो पटक सन् २०१४मा पहिचान भएको थियो। बेलायती डिफेन्स मन्त्रालयले यसले सन् २०२२मा ठूलो संख्यामा सैन्य भर्ना गर्न थालेको हो। यो समूहमा रहेका ८० प्रतिशत सैनिकहरू जेलमा रहिसकेका व्यक्तिहरू छन्। –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर