जापोरिज्जिया आणविक ऊर्जा केन्द्रको सुरक्षा अवस्थाबारे छलफल

काठमाडौं । रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गरेका छन् । छलफलका क्रममा दुवै प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ग्रोसीले उठाएका मुद्दाहरूलाई सम्बोधन गरे ।

लिखाचेभले जोड दिँदै भने, “आईएईए सचिवालयले केन्द्र वरपरको इलाकामा युक्रेनी सशस्त्र बलहरूले आक्रमण रोक्नका लागि विशेष कदम चालेको आभास भएको छ ।”

उनले ग्रोसीलाई आणविक केन्द्रको सुरक्षित सञ्चालन सुनिश्चित गर्नका लागि हाल रुसी पक्षले चालेका विशेष उपायहरूको बारेमा जानकारी गराएका थिए । विशेषगरी पानी आपूर्ति युक्रेनी सशस्त्र सेनाले काखोभका हाइड्रोइलेक्ट्रिक पावर प्लान्टको बाँध नष्ट गरेपछि उत्पन्न सङ्कटलगायतका विषयमा छलफल भएको लिखाचेभले बताए ।

वार्तामा दुवै पक्षले जुन १५ मा ग्रोसीको प्लान्टको भ्रमणको नतिजाबारे पनि थप छलफल गरे । आफ्नो भ्रमणको क्रममा ग्रोसीले प्लान्ट सुरक्षित रूपमा सञ्चालन गर्न सकिन्ट कि सकिँदैन भन्ने विषय व्यावहारिक रूपमा प्रमाणित गर्न सक्षम भएको विषयमा पनि छलफल गरिएको थियो । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर