चट्याङ्ग लागेर एक युवक र ४५ वटा भेँडा मरे

काठमाडौं । चट्याङ्ग लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–५ खाल्टेपानी निबासी डिलबहादुर गुरुङको एकतले कच्ची घरमा चट्याङ्ग पर्दा उहाँको २० वर्षीय छोरा पृतम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको कोठाभित्र शुक्रबार बिहान बसिरहेका युवकको चट्याङले घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेँडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेँडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले शनिबार बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेँडा मरेको जानकारी दिए ।

“बिहानै कृषकले ४५ भेँडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ लागेको र चरनका लागि लेकमा लगेका भेँडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन्”, उनले भने ।

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङबाट लाखौँको पशुधनको क्षति भएको बताए । ११ लाखभन्दा बढी रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर