प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेका प्रमेख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीको सचिवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको र भएका कर्मचारीलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको बताए ।

उनले नीति तथा कार्यक्रममा उल्लेख भएका हातहतियार खरिद गर्ने विषय बजेटमा नल्याइनु विडम्बना भएको जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन लक्षित नयाँ कार्यक्रम नभएको बताए ।

सांसद गिरीले बिनातयारी विमानस्थलको सङ्ख्या बढाउँदै मुलुकले आर्थिक नोक्सानी बेहोर्नेतर्फ पनि ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर