कान्तिपुर हिसान एडु फेयर अदालतबाट अनुमति पाएसँगै पुनः सञ्चालन

काठमाडौं महानगरपालिकाले बन्द गराएको ८ औं कान्तिपुर हिसान एडु फेयर पाटन उच्च अदालतबाट अनुमति पाएसँगै पुनः सञ्चालन भएको छ ।
शुक्रबारबाट मेला सुरु भएको हो ।

शैक्षिक मेला असार ८, ९ र १० गते सञ्चालन हुने छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल ९हिसान० र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा भइरहेको मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिन सक्नेछन् ।

मेलामा बोल्दै हिसानका उपाध्यक्ष एवं मेला संयोजक टंकराज आचार्यले जिज्ञासु विद्यार्थी र अभिभावकहरुलाई नेपालका शिक्षालय र तिनले प्रदान गर्ने गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउन मेला आयोजना गरिएको बताए । उनले १० गतेसम्म चल्ने मेलामा ७५ भन्दा बढी शिक्षालय, विद्यालय, विश्वविद्यालयहरु सहभागी हुने बताए ।

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर