रियल मड्रिडका कप्तान नाचोले गरे सम्झौता नवीकरण

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका कप्तान नाचो फर्नान्डेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

ला लिगा क्लब रियलले कप्तान तथा डिफेन्डर नाचोले सम्झौता नवीकरण गरेको जनाएको छ ।

स्पेनिस डिफेन्डर नाचो २०२४ को जुन ३० सम्म रियलमा रहने छन् ।

नाचो सन् २००१ मा रियलको एकेडेमीमा अनुबन्धित भएका थिए ।

रियलमा २२ वर्ष बिताउदा नाचोले ३१९ खेल खेलेका छन् ।

नाचोले रियलका लागि २३ उपाधि जितेका छन् ।

३३ वर्षीय नाचोले स्पेनका लागि २४ खेल खेलिसकेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर