गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुल्यो

काठमाडौं ।  गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ।

 मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षका निरज थापा, १९ वर्षीया नविना थापा सोही गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापा रहेका छन्।

शहीद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन-५ ताक्लुङबाट फर्किँदै गरेको ०१-०२३ च ४४२७ नम्बरको जिप शुक्रबार बिहान २ बजे दुर्घटनामा परेको  गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

१९ जना सवार जिपमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज पठाइएको छ भने अन्य ८ जनाको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको लामिछानेले बताए।  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर