आज सांसद–प्रधानमन्त्री प्रश्नोत्तर

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । बैठक ​संघीय संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

संसद नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रश्नको उत्तर दिन लागेका हुन् ।

यस्तै, बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको छ ।

यसैगरी बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर